२८ मंसिर २०८२, शनिबार

मन्त्री पद नै लिलामीमा चढ्न थाल्यो, प्रदेश खारेज गरौं: सांसद कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) ले दिएको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले मन्त्री गुरूङले आफू वन मन्त्री नहुने र उक्त मन्त्रालय बिक्रीमा राखेको अभिव्यक्ति दिएको बारेमा प्रश्न गरेकी हुन् ।

गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन गर्दा गुरूङलाई भौतिक मन्त्रालयबाट वन मन्त्रालयको जिम्मेवारी दिइएपछि त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले सोमबार राजीनामा दिएका थिए।

मनाङले मन्त्री पद लिलामिमा राखेको समाचार सार्वजनिक भएपछि सांसद कार्कीले यो विषयलाई उठाएकी हुन् ।

‘गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो सभामुख महोदय,’ उनले भनिन्, ‘यो के हो ? त्यसकारण राप्रपाले प्रदेश सरकार सेतो हात्ती नपालौं भनेको छ।’