२९ मंसिर २०८२, आइतबार

नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र आईपीओ जारी गर्न लेखाको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले समितिमा परेको उजुरीबारे जानकारी दिए ।

उनले सार्वजनिक लेखासमितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई प्रतिसेयर नेटवर्थ ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आईपीओ) जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको जानकारी दिए ।

लेखा समितिले धितोपत्र बोर्डलाई ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपीओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै समितिमा उजुरी परेको उनले बताए ।

धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिएको उनले बताए ।

सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी गर्न दिँदा बोर्डको तजबिजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिष्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखासमितिको निर्देशन थियो ।