के चिनियाँ ईभीहरु आगलागीको जोखिममा छन् ?

एजेन्सी । गत महिना दक्षिण कोरियाको सोलमा एक भूमिगत पार्किङस्थलमा मर्सिडिज-बेन्ज इक्युइमा आगो लाग्यो । आगो नियन्त्रणमा ल्याउनुअघि कम्तीमा १ सय ४० कार आगोले क्षतिग्रस्त भए । जसमा ७० भन्दा धेरै कार नराम्ररी क्षतिग्रस्त भएका थिए ।

उक्त घटनापछि दक्षिण कोरियामा भूमिगत पार्किङस्थलमा ईभी पार्किङ गर्न प्रतिबन्ध नै लगाउने तयारी गरिएको थियो । तर हाल ९० प्रतिशत एसओसी लिन जाने कारहरुमाथि भने एसी सुविधाका लागि प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाको उक्त आगजनीको घटना फेरि पुनरावृत्ति भएको छ । जसले गर्दा चिनियाँ ईभीहरुको सुरक्षालाई लिएर विज्ञहरुले बहस गरिरहेका छन् । विशेषगरी एनईभी सेफ्टीको विषयलाई लिएर चिनियाँ कम्पनीहरुमाथि दबाब बढिरहेको छ । यसै सन्दर्भमा यसै साताको सुरुमा हवाङ्झाउको छियासन जिल्लास्थित होटेल र्‍याडिसनको अन्डरग्राउन्ड पार्किङमा ईभीलाई पार्किङ गर्न नै प्रतिबन्ध लगाइयो ।

यसवाहेक चिनियाँ ईभीका आलोचकहरुको सबैभन्दा ठूलो दाबी के छ भने, ती कारहरु अन्य देशका प्रतिस्पर्धीहरु जस्तो सुरक्षित छैनन् । विशेषगरी फायरिङ वा आगोलागीको जोखिम ती गाडीहरुको मूख्य समस्या रहेको बताइन्छ ।

त्यसो भए के चिनियाँ ईभीहरु कति सुरक्षत छन् त ?

यस विषयमा कुनै ठोस निष्कर्ष निकाल्न ज्यादै मुस्किल हुनसक्छ । जवकि विभिन्न न्यायिक निकायहरुले ईभी र आईसीई कारहरुमा आगो लाग्ने दरको तुलना गर्ने तथ्यांक प्रदान गर्छन् । तर त्यसमा के समावेश छ र के छैन भन्ने कुरा व्यापक रुपमा भिन्न हुन्छ । तर विश्वभर के समान देखिन्छ भने आगोको जोखिमको सन्दर्भमा चिनियाँ ईभीहरु आईसी कारहरुभन्दा सुरक्षित देखिन्छन् ।

ईभीमा आगो लाग्ने घटनाहरुको तथ्यांक हेर्दा २०२१ मा हरेक १० हजार कारमध्ये १.८५ मा आगलागीका घटना हुनेगरेको थियो जुन आगलागीको दर घटेर २०२३ मा प्रत्येक १० हजारमा ०.९६ वटा आगलागीका घटना हुने गरेका छन् । तर फास्ट टेक्नोलोजीको एक लेखमा उपलब्ध यो तथ्यांकको स्रोत भने सार्वजनिक गरिएको छैन ।

यसवाहेक आईसी भिहिकलको आगलागी दर भने प्रत्येक १० हजारमा १.५ देखिन्छ । तर चीन बाहेकका अन्य देशमा हेर्ने हो भने यस्तो देखिँदैन । नर्वेको थ्यांक हेर्दा त्यहाँ ईभीको तुलनामा पेट्रोल र डिजेल गाडीको आगलागी दर चार देखि पाँच गुणा बढी देखिन्छ ।

यसबीचमा स्विडेनको नागरिक आपतकालीन सम्बन्धी एजेन्सीको तथ्यांक अनुसार २०२२ मा ईभी वा हइब्रिड कारहरुका लागि प्रति १ लाख सवारी साधनमध्ये आगलागीको दर ३.८ देखिएको थियो । जवकि सबै प्रकारका इन्धनका लागि प्रति १ लाख गाडीमा आगलागी दर ६८ वटा थियो ।