![](https://internal.appharu.com/wp-content/uploads/2024/01/pradeep-pariyar-ktm-mahanagar.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएको छ ।
भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले ४० सहसचिवको सरुवा गरेको हो । जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । उनको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा सरोज गुरागाईं आएका छन्। गुरागाईंको काज सरुवा भएको हो ।
गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।
SHARE YOUR THOUGHTS