![](https://internal.appharu.com/wp-content/uploads/2023/03/rabi-lamichhane-11.png)
काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
यसअघि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।
गृह मन्त्रालयमा कार्यान्वयनका लागि निर्देशन आएसँगै गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।
गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजीसमेत रहेका गोरखा मिडिया प्रालिका तत्कालिन सञ्चालक छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ ।
उनलाई पक्राउ गरेसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउका लागि प्रहरी परिचालन गरेको छ ।
‘सहकारी ठगी बारेको संसदीय समितिको रिपोर्ट कार्यान्वय गर्न निर्देशन छ,’ स्रोतले भन्यो, ‘उहाँलाई आजै पक्राउ गर्ने तयारी छ । त्यसका लागि प्रहरी परिचालन गरिएको छ ।’
संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो।
SHARE YOUR THOUGHTS