मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामना सेवा विकास बैंकको बुक क्लोज कहिले ?


काठमाडौं । कामना सेवा विकास बैंकले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने जनाएको छ । असोज १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।

बैंकले गत आवको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभामा बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव छ ।

सभामा तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गरिने जनाएको छ ।