![](https://internal.appharu.com/wp-content/uploads/2023/10/ticket-buspark-768x391.jpg)
काठमाडौं । दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको बैठले अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले असोज १२ गतेबाट उपत्यकाबाट चाडपर्वमा बाहिरिने यात्रुका लागि टिकट खुल्ने बताए ।
त्यस्तै यात्रुको सहायताका लागि सहायता कक्ष पनि स्थापाना हुने छन् । नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र गुनासो सुन्ने छन् ।
दसैंमा करिब १९/२० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् ।
SHARE YOUR THOUGHTS