![](https://internal.appharu.com/wp-content/uploads/2023/04/Remittance-768x403.jpg)
काठमाडौं । साउन महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ ।
यस्तो रेमिटेयान्स आय गत वर्षको सोही अवधिमा २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्र स्वीकृति ३९ हजार १५२ ले लिएका थिए भने पुन श्रम स्वीकृति लिनेको संख्या १६ हजार ४२३ रहेको थियो ।
साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो ।
SHARE YOUR THOUGHTS