![](https://internal.appharu.com/wp-content/uploads/2024/09/kulekhane2-768x512.jpg)
काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी ड्याममा पानीको सतह बढेर कुनै पनि समयमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएको छ ।
कुलेखानी प्रथम जलविद्युत केन्द्रले सावधानीका लागि सूचना जारी गरेको छ।
केन्द्रले इन्द्रसरोबर गाउँपालिका मार्खुलाई उक्त सूचनाबारे स्थानीयलाई जानकारी गराइदिन समेत अनुरोध गरेको छ।
सूचनामा कुलेखानी ड्याममा पानीको सतह बढ्ने र मुख्य ड्यामको ढोका खोल्दा बागमती खोलाको बहाब बढ्न गई तटीय क्षेत्रमा कुनै पनि वेला डुबान हुनसक्ने सम्भावना रहेको जनाइएको छ।
सो क्षेत्र वरिपरिका स्थानीयलाई समयमै सुरक्षित रहन र उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/kulekhane-572x768.jpg)
SHARE YOUR THOUGHTS