
काठमाडौं । अविरल वर्षापछिको बाढीले ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरेर उद्धार गरिएको हो ।
कारखानामा रहेका मजदुर बाढी आएपछि त्यहीँ फसेका हुन् । कारखानामा कम्तीमा ३० देखि ४० जना मजदुर रहेको प्रहरीले जनाएको छ ।









SHARE YOUR THOUGHTS