एयर एसिया थाईको नेपालमा उडान सुरु, कात्तिक ११ पछि भैरहवामा सातामै ४ उडान « Eglish Khabarhub

एयर एसिया थाईको नेपालमा उडान सुरु, कात्तिक ११ पछि भैरहवामा सातामै ४ उडान



काठमाडौं । एयर एसिया थाईले आजबाट नेपालमा नियमित उडान गर्ने भएको छ । यो वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजे आउने र ३ बजे फर्कने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

एयर एयसिया थाईले काठमाडौंमा ४ र अर्को ४ वटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने गरी अनुमति पाएको छ । गौतमबुद्ध विमानस्थलबाट भने तत्कालै उडान नहुने भएको छ ।

यो वायुसेवाले भैरहवामा पनि उडान गर्ने शर्तमा मात्रै काठमाडौं विमानस्थलबाट उडानको अनुमति पाएको हो । एयर एसिया थाईले भैरहवाको लागि भने केही समय तयारी गर्नुपर्ने भन्दै समय मागेको उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट काठमाडौंमा उडान सुरु गर्ने र तीन बजे जहाज फर्किएर गएपनि एयर एसिया थाईका केही पदाधिकारी भैहरवा विमानस्थलको निरीक्षणमा जाँदै छन् । ती अधिकारीले विमानस्थलको स्थलगत निरीक्षणपछि उडान तालिका बनाउने गरी तयारी गर्ने भएका छन् ।

प्राधिकरणले आगामी ११ कात्तिक (२७ अक्टोर)बाट लागू हुने विन्टर सेड्युलबाट भैरहवामा उडान गर्ने शर्त राखेको छ । प्राधिरकणको शर्तलाई स्वीकार गरेर मात्रै एयर एसिया एक्सले बुधबारदेखि काठमाडौंमा उडान थालेको हो । यसले सातामा ४ वटा उडान काठमाडौंमा गर्ने छ ।

प्राधिकरणले यो वायुसेवालाई उडान अनुमति दिँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न जोड गरेर अनुमति दिएको हो । प्राधिकरणले भैरहवाबाट हुने उडानलाई जोड दिएकै कारण सातामा काठमाडौंबाट भन्दा बढी उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिइएको पनि प्राधिकरणको भनाइ छ ।

यो वायुसेवाले नेपालमा उडान बन्द गरेसँगै उडान शुरुवातको गन्तव्य परिवर्तन गरेर पुनः सेवा सुरु गरेको हो । यसले मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा जान थालेपछि पाँच वर्षदेखि नेपालमा यसको उडान बन्द छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न जोड गरेको उड्डयन प्राधिकरणले काठमाडौंको तुलनमा गौतमबुद्ध विमानस्थलमा हुने उडानलाई प्राथमिकता दिन आग्रह समेत गरेको थियो । प्राधिकरणले भैरहवाबाट हुने उडानलाई जोड दिएकै कारण सातामा काठमाडौंबाट भन्दा बढी उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिइएको पनि प्राधिकरणको भनाइ छ ।

यसले मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा जान थालेपछि पाँच वर्षदेखि नेपालमा यसको उडान बन्द छ । यो वायुसेवाले थाई एयर एसियाको नामबाट बैंकक(काठमाडौं, र बैंकक–भैरहवा दुईतर्फी उडान गर्न अनुमति पाएको हो ।

एयर एसियाकै भगिनी कम्पनी थाई एसियाले बैंकक काठमाडौं सातामा ८ वटा उडान गर्न गत वैशाखदेखि नै प्रक्रिया अगाडि बढाएको थियो ।

एयर एसिया थाइल्याण्डले एक वर्ष अगाडि नै नेपालमा उडान गर्ने इच्छा देखाएको भए पनि बक्यौता बाँकी राखेको मलेसियन कम्पनीकै वायुसेवा थाइल्याण्डबाट आउने भए पनि प्राधिकरणले उसको प्रस्तावलाई स्वीकृत गरेको थिएन । सरकारलाई तिर्नुपर्ने बक्यौता तिर्दै जाने र उडान गर्दै जाने गरी यसले अनुमति पाएको हो ।

नेपालको लागि युनिभर्सल ट्राभल एण्ड टुर्स यसको जनरले सेल्स एजेन्ट्स (जीएसए) हो । एयर एसियाका लागि जीएसए नियुक्त भएको युनिभर्सल टुर्स एण्ड ट्राभलसँग एमिरेट्स एयर, कोरियन एयर, फ्लाई दुबईकोसमेत जीएसए छ ।

थाइल्याण्डबाट हाल नेपालमा दुईवटा वायुसेवाले नियमित उडान गर्दै आएको छ । हाल थाइल्याण्डबाट थाइ लायन र थाइ एयरवेजको नियमित उडान छ ।

Publish on: