![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Mithai-768x403.png)
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा छापा मारेको छ ।
त्यस क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, एकपटक प्रयोग भइसकेको तेल पुन: पटक पटक प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको हो ।
मिठाइ उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।
त्यसै गरि विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई पनि नगद गरिवाना तिराएको छ । ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
SHARE YOUR THOUGHTS