कपिलवस्तुमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर, ४ सयभन्दा धेरै लाभान्वित « Eglish Khabarhub

कपिलवस्तुमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर, ४ सयभन्दा धेरै लाभान्वित



काठमाडौं । एनसेल फाउन्डेसनले कपिलवस्तु नगरपालिका वडा. नं ९, निग्लिहवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सयभन्दा बढी स्थानीयहरुले स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका छन् ।

फाउन्डेसनले प्रदेशस्तरमा संचालन गरिरहेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोमबार स्वास्थ्य शिविर आयोजना गरेको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाए । बिहान १० बजेबाट सुरु भएको शिविरमा स्थानीयहरुलाई आवश्यक निःशुल्क औषधिहरु पनि उपलब्ध गराइएको थियो ।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य समस्या भए पहिल्याउँदै समयमै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्ने एनसेल फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमका निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । साथै एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।

‘नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेसनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

Publish on: