![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिका बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले कात्तिक १४ गते बार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कात्तिक ५ गतेका लागि बुक क्लोज गर्ने भएको छ । कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/image-6-653x768.png)
SHARE YOUR THOUGHTS