बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मतका लागि ‘एलजीको सहायता सेवा’ « Eglish Khabarhub

बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मतका लागि ‘एलजीको सहायता सेवा’



काठमाडौं । एलजी इलेक्ट्रोनिक्सको एलजी नेपालले बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ।

यो सेवा प्रदान गर्न, कम्पनीले ‘एलजीको सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ। यस अभियानअन्तर्गत ग्राहकहरूले १००५ निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन्।

यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ । र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्ने बताइएको छ। दर्ता र थप जानकारीका लागि ग्राहकहरूका लागि कम्पनीले हेल्पलाइन सेवा (१६६०(०१(००२११ वा ०१(५९७०२११) समेत उपलब्ध गराएको छ ।

Publish on: