कालिमाटी तरकारी बजारमा आज : बजारमा भित्रियो चमसुरको साग, मूल्य प्रतिकिलो ३५०, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : बजारमा भित्रियो चमसुरको साग, मूल्य प्रतिकिलो ३५०, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार चमसुरको साग भित्रिएको छ । यो साग थोकमा प्रतिकिलो ३५० रुपैयाँमा कारोबार गरेको छ ।

शनिबारकै हाराहारीमा आइतबार पनि ठूलो गोलभेडा प्रतिकिलो १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा १२५, टनेलको सानो गोलभेडा १३५.७५, रातो आलु ८६.३३, मुढे रातो आलु ८२.६७, प्याज १०७.६७, गाजर १५५, बन्दा १३५, स्थानीय काउली १२५.७५, सेतो मुला ५५, लाम्चो भन्टा ७५, डल्लो भन्टा ७५, तने बोडी ९५, मटरकोशा २८०, घिउसिमी १११.२५, टाटे सिमी ९१.६७, तिते करेला ८५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ९५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ३५, भिण्डी ६५, बरेला ११० र स्कुस ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रायो साग २१०, पालुङगो साग २७६.६७, तोरीको साग १४५, कन्ये च्याउ १२५, डल्ले च्याउ ३२६, राजा च्याउ २९० र ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थोकमा आइतबार बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

Publish on: