२९ मंसिर २०८२, आइतबार

चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न नपाउने, काँचका भाडा प्रयाेग गर्न सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न र ग्राहकलाई दिन नपाउने भएका छन् । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सबै चारतारे, पाँचतारे र पाँचतारे डिलक्स होटलहरुलाई सोमबार परिपत्र गर्दै खानापानीका लागि प्लाष्टिकको बोतल प्रयोग नगर्न आग्रह गरेको हो ।

विभागका अनुसार तत्कालका लागि कम्तिमा ४ तारे स्तरका होटल तथा रिसोर्टहरुले खानेपानीको लागि प्लाष्टिकजन्य बोतलको प्रयोग निधेष गर्न आग्रह गरेको हो । विभागले गरेको परिपत्र अनुसार प्लाष्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक असर पर्ने भएकोले यसको प्रयोगमा निषेध गरेर काँचका बोतल वा अन्य धातुका भाँडाको प्रयोग गर्न पनि आग्रह गरेको छ ।

पाँचतारे होटलहरुले भने २ वर्षदेखि नै पिउने पानीका लागि प्लाष्टिकका वोतल प्रयोग गर्न छोडिसकेका छन् । होटल संघ नेपालका (हान)का महासचिव साजन शाक्यका अनुसार २ वर्षदेखि चारतारेदेखिकै पाँचतारे माथिका होटल तथा रिसोर्टले सकेसम्म प्लाष्टिकका बोतल प्रयोग गर्दैनन् ।

केहीले प्रयोग गरेको हुनसक्ने भएकोले हानकै सुझावमा पर्यटन विभागले परिपत्र जारी गरेको बताए । यसले वातावरणमा सकारात्मक प्रभाव पार्नुका साथ अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो सन्देश जाने बताए ।

नेपालका होटल रेष्टुरेन्ट वातावरणमैत्री छन भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतलाई नै दिनुपर्ने, पर्यटक आकर्षमा सहयोग पुग्ने र स्वास्थ्यका दृष्ट्रिले पनि राम्रो हुने भएकोले प्लाष्टिकको प्रयोग नगर्ने नीति होटलहरुले नै लिन थालेको पनि शाक्यको भनाइ छ ।