![](https://internal.appharu.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0116-768x512.jpg)
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन(फ्यान) १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ गर्ने भएको छ ।
फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बिसं २०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
तिहार नजिकिँदै गर्दा गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेका फ्यानले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-330-768x512.jpg)
नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १७ औ सस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८१ कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुने छ ।
यस प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।
प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने आयोजकको भनाइ छ ।
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने आयोजकले जनाकारी दिए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने आयोजनकको भनाइ छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-331-768x512.jpg)
समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ठ हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश हुने छन् ।
यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास लिएको आयोजकको भनाइ छ ।
४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-332-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-333-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-334-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-335-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-336-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-337-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0136-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0130-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0128-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0116-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-341-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-340-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-339-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Godawari-Flower-Expo-338-768x512.jpg)
SHARE YOUR THOUGHTS