मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विन्ध्याबासीनी हाईड्रोपावर डेभलपमेन्टको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?


काठमाडौं । विन्ध्याबासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले लाभांश पारित गर्न भन्दै मंसिर ६ गते सभा बोलाएको छ । कम्पनीले लाभांश प्रयोजनका लागि कात्तिक २८ गते एक दिन बुक क्लोज गरेको छ ।

कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।