२८ मंसिर २०८२, शनिबार

धेरै पैसा दिने ठाउँमा माधव नेपाल जान्छन् देउसी खेल्न, घरमा आउनेलाई कति देलान् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तिहारमा देउसी, भैलो खेल्नुपर्छ भनेर पार्टीका मञ्चलाई हौसला दिएको अझै पनि स्मरण ताजै छ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चलाई देउसी खेल्न आफूले प्रोत्सान गर्ने गरेको बताए ।

देउसी भैलो खेलेर संकलन भएको पैसा पुस्तक प्रकाशन गर्ने, जिल्लाका गरिब, जेहेनदार विद्यार्थीलाई स्कलरसिपका लागि पैसा दिने गरेको बताए।
चाडपर्वमा व्यस्त हुने भए पनि समय मिलाएर आफू विभिन्न स्थानमा देउसी खेल्न पुग्ने गरेको बताए ।

कतिपय व्यक्तिको घरमा देउसी खेल्न जाँदा माधव नेपाल पनि आइदिए हुन्थ्यो भन्नेहरुकोमा आफू पुग्ने गरेको उनको भनाइ छ ।

‘देउसी खेल्नेलाई बढी रकम दिन चाहने व्यक्तिकोमा जानु पर्दा म आइदिए हुन्थ्यो भन्ने चाहना राख्छन्’ उनले भने ‘म जाँदा २५ हजारसम्म दिन्छन् भने नजाँदा ५ हजार दिन्छन् । त्यसैले खास खास स्थानमा जान्छु म।’

देउसी खेल्न आउने व्यक्ति व्यक्तिलाई पैसा नदिने, तर संस्थागत रुपमा आउनेलाई २५ हजार रुपैयाँसम्म दिने गरेको उनले बताए । सम्पर्क मञ्चलाई २५ हजार रुपैयाँसम्म दिने बताए । साना बालबालिका देउसी खेल्न आउँदा रमाइलो लाग्ने उनको भनाइ छ ।