![](https://internal.appharu.com/wp-content/uploads/2023/08/stock_down_share_bearish-768x403.jpg)
काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.२१ अंकले घटेर परिसूचक २६७७.४० बिन्दु कायम भएको छ ।
३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख ५ हजार २३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १२३ कम्पनीको घटेको छ ।
कारोबारमा वित्त, होटल, जलविद्युत, जीवन बिमा, निर्जीबन बिमा र अन्य समूहको उपसूचकमा सुधार आएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, ट्रेडिङ समूहको उपसूचक घटेको छ ।
कारोबारमा सुपरमाई हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/image-705x768.png)
SHARE YOUR THOUGHTS