![](https://internal.appharu.com/wp-content/uploads/2024/11/darajj.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने बैंकले जनाएको छ। सम्झौता अनुसार सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
माथि उल्लिेखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ।
सिटिजन्स बैंकले ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम र ३ एक्स्टेन्सन काउन्टर सहित ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
SHARE YOUR THOUGHTS