![](https://internal.appharu.com/wp-content/uploads/2024/11/accident-surkhet-768x354.png)
सुर्खेत । सुर्खेतमा यात्रु बस दुर्घटनामा परेको छ । सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने भएको छैन ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।
गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS