रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै « Eglish Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटी तथा आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे छलफल हुने झाले जानकारी दिए।

Publish on: