![](https://internal.appharu.com/wp-content/uploads/2024/11/kathmandu-pokhara-768x392.jpg)
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुध्द एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ ।
बुध्द एयरको बीएचए ८५१ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको थियो । तर, मौसम प्रतिकुल भएपछि विमान पोखरा डाइभर्ट भएको हो ।
त्यस्तै पोखराबाट भैरहवा उड्न तयारी अवस्थामा रहेको विमान पोखरामै होल्ड भएको छ । भैरहवाको मौसम नखुलेपछि रास्वपा सभापति लगायत विमानस्थलमै रहेका छन् ।
SHARE YOUR THOUGHTS