
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि लागेको घुस आरोपबारे पार्टी र सरकारलाई स्पष्टीकरण दिएपछि मात्र बोल्ले प्रतिक्रिया दिएका छन् ।
मंगलबार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मन्त्री पाण्डेमाथि क्यासिनोको लाइसेन्स दिँदा २ करोड घुस खाएको आरोप लगाएका थिए ।
आरोपबारे क्लिकमान्डुले मन्त्री पाण्डेसँग प्रतिक्रिया लिँदा उनले भने, ‘आरोप लगाउने व्यक्तिले के आधारमा भने उनैलाई सोध्नुस् । मसँग यसको जवाफ छैन ।’
उनले अघि भने, ‘मैले पार्टी र सरकारलाई जवाफ दिएपछि मात्र थप बोल्ने छु ।’
SHARE YOUR THOUGHTS