१ पुस २०८२, मंगलबार

इन्फोडेभलपर्स प्रालि र साँग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र साँग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाको लागी समझदारी भएको छ ।

इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टम” ९सीआरएस० प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालित र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यो सम्झौतामा इन्फोडेभलपर्स प्रालिका निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउनेछ, जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ।