उद्योग संगठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्डसहित २ हजार डलर « Eglish Khabarhub

उद्योग संगठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्डसहित २ हजार डलर



विराटनगर । उद्योग संगठन मोरङले एशिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक च्येम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटोगरीको उत्कृष्ट अवार्डसहित दुई हजार डलर थापेको छ ।

कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा मंगलबार साँझ सिंगापुरमा भएको इकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनका अध्यक्ष राकेश सुरानालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

क्यासीले चेम्बरहरुले स्थानीय आर्थिक विकासकालागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको वहसर पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पुर्‍याएको टेवाका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्‍याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि क्यासीको सदस्य रहेका २७ मुलुकका ८१ वटा व्यावसायिक संगठनहरुले प्रतिष्पर्धामा सहभागित ाजनाएका थिए । त्यसमा स्थानीय गतिविधि, दस्तावेज, औद्योगिक उत्थानका लागि खेलेको भूमिकाको आधारमा उद्योग संगठन मोरङ उपाधिकालागि छानिएको थियो ।

सिंगापुरमा अवार्ड थाप्दै सुरानाले कोशी प्रदेश सरकारको आयोजना तथा संगठनको सहसंयोजनमा आगामी माघ ११ देखि १३ गते सम्म विराटनगरमा हुने कोशी प्रदेश लगानी सम्मेलन तथा विराट एक्स्पो २०२५ मा सहभागिताका लागि क्यासी कन्फेरेन्समा उपस्थित राष्ट्रका व्यवसायीहरुलाई निम्ता गर्दै नेपालमा लगानी गर्न आमन्त्रण गरेका छन् ।

उक्त अवार्ड थाप्न अध्यक्ष सुरानाको नेतृत्वमा निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष द्धोय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सिंगापुर पुगेका थिए ।

Publish on: