कालिमाटी तरकारी बजारमा आज : मटरकोशा १२५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : मटरकोशा १२५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा ८०, टनेलको सानो गोलभेडा ११०, रातो आलु ७७.६७, सेतो आलु ५८.३३, प्याज १०७.६७, गाजर १३५, बन्दा ६५, स्थानीय काउली ९५, तराई काउली ८५, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ६५, तने बोडी १४५ र मटरकोशा १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै घिउसिमी ११०, टाटे सिमी ८५, तिते करेला ९५, लौंका ९५, परवर ८५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ५५, भिण्डी १२५, पिडालु ६५, स्कुस २२.२३, रायो साग ५५, पालुङ्गो साग ९५, चमसुर साग ११०, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज ९५, बकुल्ला ११०, तरुल ९५, कन्ये च्याउ २१६.६७, डल्ले च्याउ ३२६.६७, ब्रोकाउली १४० र भेडे खुर्सानी १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

Publish on: