![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-768x383.jpg)
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो
SHARE YOUR THOUGHTS