![](https://internal.appharu.com/wp-content/uploads/2024/04/Kathmandu_plaza_ktm-mahanagar-768x361.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।
यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने महानगरको विश्वास छ ।
SHARE YOUR THOUGHTS