![](https://internal.appharu.com/wp-content/uploads/2024/05/kp-and-balen-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख रुपैयाँ जरिवाना गराएका छन् ।
महानगरपालिकाले ललितपुरको च्यासलस्थित नेकपा(एमाले) केन्द्रिय कार्यालयलाई शुक्रबार पत्राचार गर्दै १ लाख रुपैयाँ जरिवाना गराएको जानकारी गराएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/mahanagar-569x768.jpg)
नेकपा(एमाले) ले शुक्रबार दरबारमार्गमा जागरण सभा कार्यक्रमको आयोजना गरेको थियो ।
त्यो कार्यक्रमका कारण सडक र सडक पेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार उक्त पार्टीलाई १ लाख रुपैयाँ जरिवाना गराएको हो ।
SHARE YOUR THOUGHTS