२८ मंसिर २०८२, शनिबार

सिप्रदी र म्याक लुब्रिकेन्ट्सको २३ वर्षको अटुट सम्बन्धको प्रतीक ‘म्याक स्टार नाइट’ कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेडले संयुक्त रूपमा “म्याक स्टार नाइट” कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मङ्गलवार आयोजना गरेको थियो ।

कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी , उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तर्राष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रीय प्रमुख रविकान्त गोविन्द, प्राविधिक सेवा कार्यकारी हिमांशु सिंघल लगायत अधिकारीहरूको उपस्थिति थियो।

म्याक स्टार नाइटमा डिलरहरूको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम् रुबी प्लस गृज को उद्घाटन गरियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो ।

त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरूलाई उत्कृष्ट कार्य गरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो। सम्मानित डिलरहरू सप्तकोसी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल, बङ्गलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिङ्क, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।