![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । आज मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार पुन घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS