९६० मध्ये २३० मेगावाट सोलारको ठेक्का पाउने उत्तम लामा को हुन् ? निर्माण गर्न १५ अर्ब बढी चाहिने « Eglish Khabarhub

९६० मध्ये २३० मेगावाट सोलारको ठेक्का पाउने उत्तम लामा को हुन् ? निर्माण गर्न १५ अर्ब बढी चाहिने


१२ मंसिर २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य) ऊर्जा परियोजनाका लागि निकालेको ठेक्का २३० मेगावाट उत्तम लामा भ्लोनका कम्पनीले पाएको छन् ।  कुल ९६० मेगावाटमध्ये  करिब २४ प्रतिशत ठेक्का लामाकै विभिन्न कम्पनीले पाएका हुन्।

प्राधिकरणले निकालेको ठेक्कामा उनका सबै कम्पनीले ५ रुपैयाँ ४९ पैसामा बिड गरेका कारण पाएको हो ।  ५ रुपैयाँ ५४ पैसाभन्दा तल बिड गर्ने सबै कम्पनीहरुले ठेक्का पाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

लामाका कम्पनी माउन्टेन-दोर्दीको कन्सोर्टियम र ग्यापर्ट-राप्ती कन्सोर्टियमले पाएका छन् । चारवटै उनले नेतृत्व गरेको कम्पनी हो।

लामाका कम्पनीहरुले नवलपरासी, तनहुँ, गुल्मी, अर्घाखाँची, बागलुङ, कपिलवस्तु, बर्दिया, पर्वत, दाङलगायतका जिल्लाहरुमा सोलार परियोजनाको बिड पाएका छन् ।

प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री  (पीपीए) भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

प्राधिकरणले २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो। तत्कालीन ऊर्जामन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको संयोजकत्वमा बसेको ९६३औं बैठकले सोलारका आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।

लामाको चार कम्पनीले सबैभन्दा ठूलो २५ मेगावाटको परियोजना पाएका छन् । माउन्टेन-दोर्दी  कन्सोर्टियमले बनाउने यो परियोजना नवलपरासीमा निर्माण हुनेछ ।

यी हुन् लामाका दुई जेभी कम्पनीले पाएका सोलारको बिड

क्रसकम्पनीआयोजना बन्ने जिल्लाक्षमता (मेगावाट)महसुल (रुपैयाँमा)
माउन्टेन-दोर्दी  कन्सोर्टियमनवलपरासी२५५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमतनहुँ२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमगुल्मी२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमअर्घखाँची२०५.४९
माउन्टेन-दोर्दी कन्सोर्टियमबागलुङ२०५.४९
माउन्टेन/दोर्दी कन्सोर्टियमपर्वत२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलवस्तु१०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमबर्दिया१०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमदाङ१०५.४९
१०ग्यापर्ट -राप्ती कन्सोर्टियमबर्दिया१०५.४९
११ग्यापर्ट -राप्ती कन्सोर्टियमबाँके१०५.४९
१२ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलबस्तु१०५.४९
१३माउन्टेन-दोर्दीकपिलवस्तु१०५.४९
१४माउन्टेन-दोर्दीकपिलवस्तु१०५.४९
१५माउन्टेन-दोर्दीबाँके१०५.४९
१६माउन्टेन-दोर्दीबर्दिया१०५.४९
१७ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलवस्तु५.४९
  जम्मा२३० 

स्रोत:नेपाल विद्युत प्राधिकरण

यी परियोजनाहरुका लागि कम्पनीहरुले जग्गा खरिद गर्नेछ । ऊर्जा मन्त्रालयले गरेको एक अध्ययनका अनुसार सोलारको प्रतिमेगावाट लागत औसत ८ करोड रुपैयाँ छ । तर पछिल्लो समय टेक्नोलोजी सस्तो भएकाले औसत लागत ५ करोड रुपैयाँ लाग्छ । यस हिसाबले कम्तिमा १५ अर्ब रुपैयाँ पर्छ । दिनप्रतिदिन प्रविधिको विकास कारणले सोलारको लागत घटिरहेको छ । केहि वर्ष पहिले नेपालमा सोलारको लागत प्रतिमेगावाट २० करोड रुपैयाँसम्म थियो । यो जग्गा बाहेकको लागत हो ।

उत्तम लामा

को हुन् लामा ?

लामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष हुन् । इप्पानबाट उनले धितोपत्र बजार सम्बन्धी नीति हेर्ने जिम्मेवारी पाएका छन् । उनी पछिल्लो समय ऊर्जा क्षेत्रमा सक्रियरुपमा लगानी गरिरहेका छन् । मकवानपुरको मार्खु गाउँमा सामान्य परिवारमा जन्मिएका लामाले छोटो समयमै तीब्र गतिमा व्यापारिक साम्राज्य विस्तार गरिरहेका छन् ।

एनएमबि बैंक र सीईडीबीई हाइड्रो फण्ड लिमिटेडको सञ्चालक हुन् । यसअघि एनएमबि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष समेत भइसकेका छन् । उनले कान्तिपुर पब्लिकेसन र प्रिज्मा एडभर्टाइजिङ एजेन्सीमा समेत मार्केटिङको काम गरेका थिए ।

कान्तिपुर पब्लिकेसमा कुनै समयमा जागिरे लामा अहिले ऊर्जा क्षेत्रका अग्रपक्तिका डेभलपरको परिचय बनाइरहेका छन्। कडा मिहेनत गर्ने लामा ग्राउन्डबाट उठेका उदयीमान व्यवसायी हुन् ।

नेपालको अवस्था के छ ?

प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात गर्नुपर्छ ।

गत हिउँदमा भारतले प्रतिस्पर्धी दरबाट सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) मात्रै खरिद गर्न अनुमति दिएको थियो । भारतले दिउँसो मात्रै बिजुली दिएपछि प्राधिकरणलाई  व्यवस्थापनमा हम्मे-हम्मे परेको थियो । सोही कारण पीक आवरमा औद्योगिक क्षेत्रको लोड काटिदिएको थियो ।

जलवायु परिवर्तनको असर जलविद्युत् क्षेत्रमा पर्न थालेका कारण केहि जलविद्युत आयोजनाहरु १० प्रतिशत क्षमतामा समेत चलेका थिए । सोही कारण हिउँदको बिजुली व्यवस्थापनका लागि सोलारको हिस्सा बढाउन लागिएको हो । जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ ।

दिउँसो हुने माग हामी सोलाबाट गर्ने र बिहान साँझ हामी अर्धजलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन सकिनेछ। सोही कारण प्राधिकरणले सोलार ऊर्जालाई प्राथमिकतामा राखिएको छ । 

प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ००:००  ११ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping