एनपीएल : बिराटनगरले जनकपुरलाई दियो १ सय २८ रनको टार्गेट « Eglish Khabarhub

एनपीएल : बिराटनगरले जनकपुरलाई दियो १ सय २८ रनको टार्गेट




काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स समक्ष १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो।

विराटनगरका लागि ओपनरका रुपमा मैदान आएका स्टार न्युजिल्यान्ड स्टार मार्टिन गुप्टिल ५५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो।

उनले ४३ बलको सामना गर्दै ५५ रन बनाउँदा ७ चौका र १ छक्का प्रहार गरेका थिए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा अकिब इलियासको १५ रन रह्यो।

विराटनगरका ८ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। ‌ओपनर लोकेश बम ५ रनमा आउट हुँदा निकोलश कीर्टन ९ रनमा आउट भए। त्यस्तै बसिर अह्मेदले ७ रन बनाएका थिए।

त्यस्तै राजेश पुलामी १ रनमा रनआउट हुँदा प्रतिश जिसीले २ र सन्दीप लामिछानेले ७ रन बनाए। त्यस्तै जितेन्द्र मुखिया शुन्य रनमा आउट हुँदा अनिल खरेल ७ रनमा अविजित रहँदा क्रिस सोले ४ रनमा आउट भए।

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा किशोर महतो र हर्ष थकरले २-२ विकेट लिए। त्यस्तै बेन माइक र मोहम्मद मोसिनले १-१ विकेट लिएका थिए। केही समयपछि बोल्ट्स जवाफि ब्याटिङका लागि मैदान उत्रिने छ।

Publish on: