सम्झौताको तीन वर्षपछि उत्तरदक्षिण कोसी राजमार्ग आयोजनाले लियो गति « Eglish Khabarhub

सम्झौताको तीन वर्षपछि उत्तरदक्षिण कोसी राजमार्ग आयोजनाले लियो गति


१५ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सङ्खुवासभा । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ ।

आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो । निर्माण अवधि थपिएपछि पनि निर्माण कम्पनीले काम नगरेपछि कालो सूचीमा राख्न आयोजना कार्यालयले तयारी गरेको थियो ।

ठेक्काको नेतृत्व गर्ने कम्पनी शिवशक्तिले काम गर्न नसकेपछि शर्मा निर्माण सेवाले नेतृत्व गरी कामलाई तीव्रता दिन थालेको हो ।

खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । सबै ठेक्का शर्मा शिवशक्ति जेभीले नै ४८ प्रतिशत कम लागतमा पाएको थियो ।

तीन वटा खण्डमध्ये खाँदबारीदेखि थामसेर्कुसम्मको ब्याक कटिङ, पर्खाल निर्माण, नाली निर्माणलगायतको काम अधिकांश सम्पन्न भइसकेका छन् । खाँदबारीदेखि मानेभन्ज्याङसम्म कालोपत्रेका लागि सतह (बेस) तयार भइरहेको छ । दोस्रो खण्ड थामसेर्कुदेखि देउराली र तेस्रो खण्ड देउरालीदेखि नुमसम्मको सडकको पनि माटो कटिङ गरी नाली निर्माणको काम धमाधम भइरहेको छ ।

पहिलो खण्डको आयोजनाका लागि २०८२ असार मसान्तसम्म म्याद थप गरिएको छ भने दोस्रो र तेस्रो खण्डका लागि भदौ मसान्तसम्म समय थप गरिएको छ । दोस्रो पटक थपिएको म्यादभित्र सम्पन्न गराउनका लागि उत्तर दक्षिण कोशी सडक आयोजनामार्फत कार्ययोजना पेस गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

आफू हालै मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएको र जिल्लाका सबै पक्षसँग परामर्श गरी यस आयोजनालाई प्राथमिकताका साथ हेर्दै आएको बताए ।

निर्माण कम्पनीलाई आफू आउनेबित्तिकै स्पष्टीकरण सोधेको र उनीहरूले बेलैमा काम सक्ने गरी प्रतिवद्धता व्यक्त गरेको प्रजिअ खड्काले जानकारी दिए ।

उनले भने, ‘हामीले निर्माण कम्पनीलाई ‘एक्सन प्लान’ पेस गर्न लगाएका छौँ । सो अनुसार काम भएको छ वा छैन नियमित अनुगमन गर्छौं ।’

निर्धारित समयभित्र काम सम्पन्न गराउन आयोजना कार्यालयले पनि प्रयत्न गरिरहेको आयोजना प्रमुख रामबहादुर गुरुङले बताए।

डोजर, टिप्परलगायतका आवश्यक उपकरण सडक डिभिजन कार्यालयलगायतबाट पनि थप गर्न सहजीकरण गरिरहेको प्रमुख गुरुङले बताए । सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टीलगायतका वस्तुको उपलब्धताका लागि सम्बन्धित स्थानीय तहसँग छलफल भइरहेको उनले जानकारी दिए ।

सार्वजनिक खरिद ऐनको ११ औँ संशोधन अनुसार निर्माण कम्पनीलाई म्याद थप गरिएको र यही नै अन्तिम ‘डेटलाइन’ रहेकोले काम सक्नै पर्ने बाध्यता रहेको आयोजना प्रमुख गुरुङले बताए ।

शर्मा शिवशक्ति जेभीले २०८० पुस १७ मा सम्पन्न गर्ने गरी २०७८ असार १७ गते सम्झौता गरेको थियो । उक्त समयसम्म पनि सन्तोषजनक प्रगति नभएको अवस्थामा २०८० मा पहिलो पटक म्याद थपिएको थियो ।

म्याद थप गरिए पनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो । यसविरुद्ध निर्माण कम्पनी शिवशक्ति उच्च अदालत पाटन पुगे पनि मुद्दा हारेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ३ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping