विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै « Eglish Khabarhub

विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै


१६ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ ।

सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये छ करोड ३१ लाख ३२ हजार ६०२ रुपैयाँको लागतमा छ वटा सडक कालोपत्र थालिएको छ ।

बाँकी रकम बाँकी रकम वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ ।

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन भने केहीको स्तरोन्नति तथा कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतको खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी– कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ । हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ६ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping