नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक: नाकाहरु सञ्चालन र पूर्वाधार निर्माण बारे छलफल « Eglish Khabarhub

नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक: नाकाहरु सञ्चालन र पूर्वाधार निर्माण बारे छलफल


१६ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब गोविन्दबहादुर कार्कीले गरेका थिए । यस्तै चीनतर्फबाट सिजाङ्ग स्वशासित क्षेत्रका कार्यकारी उपप्रमुख चेन यंगीले नेतृत्व गरेका थिए ।

बैठकमा सहभागी भएका अधिकारीहरुले अघिल्लो बर्ष चीनको सिजाङ्गमा सम्पन्न भएको पहिलो बैठकमा भएका निर्णय र सहमति कार्यान्वनयन पक्षको विषयमा छलफल गरेका थिए ।

कोभिडका कारण अवरुद्ध भएको यात्रु र कार्गोसम्बन्धी सवारी साधनको अवागमन, काठमाडौं–ल्हासा हवाई सेवा सुचारु, मौसमी व्यापार नाकाहरुको सञ्चालन तथा व्यापारजन्य पूर्वाधारको निर्माणमा भएको सन्तोषजनक प्रगतिलाई उपलब्धीको रुपमा लिइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।

उनका अनुसार नाकाहरुको सञ्चालन तथा व्यापारजन्य पूर्वाधार निर्माणमा भएको ढिलाईलाई सहजीकरण गर्नुपर्ने बिषयमा दोस्रो बैठकमा सहभागी अधिकारीहरुले जोड दिएका छन् ।

दोश्रो बैठकमा द्विपक्षीय व्यापार र सीमापार सहजीकरण, व्यापार पूर्वाधार, लगानी सहकार्य र सीमापार व्यापारसम्बन्धी बिषय एजेण्डाको रुपमा प्रवेश गराइएको थियो ।

‘नेपाल र चीनबीच सन् १९८१ मा भएको व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौताको परिमार्जनको कार्यलाई यथाशीघ्र अगाडि बढाउने बिषयका साथै द्विपक्षीय व्यापार तथा लगानीका विविध पक्षबारेमा छलफलका साथै सहमति भएको छ’, अधिकारीले भने।

यसवाहेक चीन सरकारको अनुदान सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधिन सुख्खा वन्दरगाहको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने बिषयमा दुवै पक्षले आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि प्रतिवद्धता जनाएका छन् ।

नेपालको तर्फबाट ऊर्जा, पर्यटन र कृषिमा आधारित उद्योगहरुमा ढुक्क भएर लगानी गर्नका लागि चिनियाँ पक्षलाई आग्रहसमेत गरिएको छ ।

सीमावाहेक अन्य जिल्लाका सवारी चालक तथा सहयोगीहरुलाई चीनका सीमावर्ती बजारहरुमा आवत जावत गर्न सहजीकरण गर्ने, सीमावर्ती जिल्लाका नागरिकलाई नजिकको चिनियाँ बजारमा प्रवेश गर्ने पासलाई एकरुपता कायम गर्ने, चीनको अनुदानमा निर्माण हुने आयोजनालाई प्रभावकारी बनाउन समयमै आयोजना छनोट गरी चिनियाँ पक्षलाई उपलब्ध गराउनेजस्ता बिषयमा छलफल तथा सहमति भएको थियो ।

सवारी साधनको सीमापार आवतजावत गर्ने तथा नेपालबाट कृषिजन्य उत्पादन चीनमा निकासी बढाउने र दुई मुलुकबीचको व्यापार असन्तुलन कम गर्न थप गृहकार्य गर्ने बिषयमासमेत छलफल भएको थियो ।

मन्त्रालयका अनुसार नेपाल चीन सीमापार समन्वय संयन्त्र व्यापार सहयोगसम्बन्धी तेश्रो बैठक आगामी २०२५ मा चीनमा आयोजना गर्ने बिषयमा पनि दोश्रो बैठकले सहमति जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ११ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping