![](https://internal.appharu.com/wp-content/uploads/2017/12/Right-Share.jpg)
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन पाइनेछ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हकप्रद सेयरमा आवेदन दिनेले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्यता पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
SHARE YOUR THOUGHTS