![](https://internal.appharu.com/wp-content/uploads/2024/11/santosh-narayan-shrestha1-1.png)
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् । उनी नियमन विभागमा छन् । बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानून विभागमा थिए ।
यस्तै अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानून विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरिपेक्षण विभागमा थिए ।
यस्तै कृष्ण राज पोखरेललाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको हो । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए । अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
प्रतिक्रिया