![](https://internal.appharu.com/wp-content/uploads/2024/02/congress-uml-maoist-768x403.png)
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् ।
रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याए । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।
उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।
SHARE YOUR THOUGHTS