कालिमाटी तरकारी बजारमा आज: तराई काउली ६० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज: तराई काउली ६० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार रातो आलु ६७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै सेतो आलु ५९, सुकेको प्याज ९७.६७, ठूलो गोलभेडा ९५, सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेडा ११५, गाजर १५५, बन्दा लोकल ६५, बन्दा तराई ६०, स्थानीय काउली ६५, स्थानीय ज्यापु काउली ९५, तराई काउली ६०, सेतो मुला ५५, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८२.६७, तने बोडी ११५, मटरकोशा १६० र घिउ सिमी १३२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै टाटे सिमी १२०, तिते करेला ९५, लौंका ६५, परवर लोकल ७५, परवर तराई ८५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी ११०, बरेला ६५, पिडालु ९५, स्कुस १७.६७, रायो साग ४५, पालुङ्गो साग ९५, चमसुरको साग १३३.३३, तोरीको साग ५५, मेथीको साग ९५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ८५, कन्ये च्याउ १७०, डल्ले च्याउ ३०७.५०, राजा च्याउ २९०, ब्रोकाउली १२० र भेडे खुर्सानी ७७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य

Publish on: