![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३.३० बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-3-630x768.png)
SHARE YOUR THOUGHTS