![](https://internal.appharu.com/wp-content/uploads/2024/12/chapagain-768x642.jpg)
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाँई नियुक्त भएका छन् ।
मंसिर १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई माघ १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ ।
चापागाँई हाल प्राईम कर्मसियल बैंकमा कायम मुकायम उप महाप्रबन्धक रहेका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-4-692x768.png)
SHARE YOUR THOUGHTS