उपचुनावमा रास्वपाको कन्तबिजोग: परिवार र आफन्तले नै दिएनन् मत, २६ मध्ये १६ जनाले कटाएनन् १०० भोट « Eglish Khabarhub

स्थानीय तह उपनिर्वाचन-२०८१

उपचुनावमा रास्वपाको कन्तबिजोग: परिवार र आफन्तले नै दिएनन् मत, २६ मध्ये १६ जनाले कटाएनन् १०० भोट

उपनिर्वाचनमा रास्वपाले पायो जम्मा ४ हजार ९ सय भोट



काठमाडौं । आइतबार सम्पन्न स्थानीय तहहरुको उपनिर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ ।

गत स्थानीय तहको चुनावमा पार्टी नै नबनेको रास्वपाले यसपटकको उपनिर्वाचनमा उम्मेदवारी दिएको थियो ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् र उनीमाथि काठमाडौं, भैरहवा, चितवन लगायका जिल्लामा रहेका सहकारीको बचत अपचलमाथि छानबिन चलिरहँदा भएको उपनिर्वाचनमा रास्वपाले सबै तहमा उम्मेदवार भने उठाउन सकेको थिएन ।

यसअघि इलाममा भएको उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने रास्वापाको योजनामा नराम्रो धक्का लागेको थियो । जहाँ रास्वपा उम्मेदवार मिलन लिम्बुले जमानसमेत जोगाउन सकेका थिएनन् ।

नयाँ शक्तिको रुपमा आफूलाई स्थापित गराउन खोजेको रास्वपाको लागि उक्त परिणाम सकारात्मक मात्र होइन ‘लज्जास्पद’ भएको थियो ।

२०८४ को निर्वाचनमा जनमत पुराना दलमा नभइ आफूहरुमा आउने दाबी गर्दै आएको रास्वपालाई स्थानीय तहको निर्वाचनको परिणामले फेरि नराम्रो धक्का दिएको छ ।

स्थानीय तहका विभिन्न ४४ पदका लागि आइतबार भएको उपचुनावमा रास्वापाले २६ पदमा पदमा उम्मेदवार उठाएको भए पनि एउटा बडा अध्यक्षबाहेकमा जीत हात पार्न सकेन । रास्वपाले उम्मेदवार उठाएर जितेको स्थानलाई आधार मान्दा उसले करिब ४ प्रतिशतमा जित हात पारेको छ । समग्र उपनिर्वाचन भएको स्थानीय तहलाई आधार मान्ने हो भने रास्वपाको जित २.२७ प्रतिशत हुन आउँछ।

आफूहरुको पक्षमा देशका अधिकांश स्थानका मतदाता रहेको दाबी गर्दै आएको रास्वपाका अधिकांश उम्मेदवारको जमानत जफत हुने मत आएको छ । जमानत जोगिन कुल सदर मतको १० प्रतिशत भोट ल्याउनु पर्ने भए पनि रास्वपाका अधिकांश उम्मेदवारले प्राप्त गरेको मत निकै कम छ । कतिपय उम्मेदवारले त दोहोरो अंकमा समेत मत ल्याउन सकेनन् ।

काठमाडौं महानगरपालिका- १६ को वडाअध्यक्ष पद भने रास्वपाले जितेको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधर २२२० मत ल्याएर दोस्रो भए । यसअघि विजयी कांग्रेस भने यसपटक तेस्रो स्थानमा समेटियो ।

काठमाडौं १६ को वडाअध्यक्ष जित्नुलाई रास्वपाका नेताहरुले ठूलै उपलब्धिको रुपमा चर्चा गरेका छन् । तर, पुराना राजनीतिक दलहरुले आफूहरुमाथि प्रतिशोध साँधेको तर जनता आफ्नो साथमा छन् भन्ने भाष्य बनाइरहेको रास्वपालाई मतदाताले भने विश्वास गरेनन् ।

काठमाडौं-१६ बाहेक रास्वपाले उम्मेदवार उठाएको स्थानमा उसका उम्मेदवारले देशभर पाएको मत निकै कम छ । कुनै पनि रास्वपाका उम्मेदवार विजयी उम्मेदवारको निकटतम प्रतिस्पर्धी हुन सकेनन् भने देशभर उसले पाएको भोट २ हजार ७३ मात्र छ । जबकी एउटै गाउँपालिकामा जित निकाल्दा पुराना भनिएका दलका उम्मेदवारले जितका लागि ६ हजार ९ सय भोट पाएका छन् ।

रास्वपाका २६ उम्मेदवारमध्ये १६ जनाले १०० भोट पनि कटाउन सकेनन् । कतिपय उम्मेदवारले ५ भन्दा कम मत पाएका छन् । रास्वपा उम्मेदवारले परिवार र आफन्तको सम्त भोट पाउन नसकेका हुन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा भने रास्वपाले उम्मेदवार नै उठाउन सकेन ।

धेरैले जमानत जोगाएनन्, केही उम्मेदवारले ५ भोट कटाएनन्

मोरङ, ग्रामथान गाउँपालिका अध्यक्ष

विजयी: माओवादीका नमो नारायण माझी (६,९६९ मत)
रास्वपाका उम्मेदवार: नविन कुमार विश्वास (३७५ मत, पाँचौं स्थान)

ताप्लेजुङ, सिरीजंगा गाउँपालिका वडा नं. ३
विजयी: एमालेका कुमारी सावादेन (३५३ मत)
रास्वपाका उम्मेदवार: देवी प्रसाद पौडेल (७ मत, पाँचौं स्थान)

तेह्रथुम, लालीगुँरास नगरपालिका वडा नं. ८

विजयी: कांग्रेसका नगेन्द्र लिम्बु (४४० मत)
रास्वपाका उम्मेदवार: सन्जिव खड्का (३८ मत)

सुनसरी, गढी गाउँपालिका वडा नं. ६

विजयी: कांग्रेसका तेतर साहु (८१६ मत)
रास्वपाका उम्मेदवार: शशिकुमार साहु (३३ मत, पाँचौं स्थान)

ओखलढुंगा, मोलुङ गाउँपालिका वडा नं. ५

विजयी: एमालेका गंगाबहादुर तामाङ (३९९ मत)
रास्वपाका उम्मेदवार: विष्णु प्रसाद पोखरेल (१५१ मत, तेस्रो स्थान)

उदयपुर, त्रियुगा नगरपालिका वडा नं. १२

विजयी: माओवादी केन्द्रका नविन कुमार वान्तवा (९२३ मत)
रास्वपाका उम्मेदवार: ध्रुव प्रसाद पोखरेल (२०२ मत, पाँचौं स्थान)

धनुषा, धनुषाधाम नगरपालिका वडा नं. १

विजयी: माओवादी केन्द्रका शुनिल कापर केवट (६८४ मत)
रास्वपाका उम्मेदवार: राम नरेश दास (१० मत, सातौं स्थान)

महोत्तरी, रामगोपालपुर नगरपालिका वडा नं. २

विजयी: एमालेका सकिवुल खाँ (६३१ मत)
रास्वपाका उम्मेदवार: खुरसैद खाँ (४ मत, छैटौं स्थान)

नुवाकोट, ककनी गाउँपालिका वडा नं. २

विजयी: माओवादी केन्द्रका कृष्ण घिमिरे (१,०८५ मत)
रास्वपाका उम्मेदवार: मंगल सिद्धि लामा तामाङ (८३ मत, चौथो स्थान)

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. १२

विजयी: कांग्रेसका अर्जुनप्रसाद तिवारी (२,०६३ मत)
रास्वपाका उम्मेदवार: आशा विर बल (८३ मत, पाँचौं स्थान)

गोरखा, गोरखा नगरपालिका वडा नं. ५

विजयी: माओवादी केन्द्रका विष्णुबहादुर मगर (४८६ मत)
रास्वपाका उम्मेदवार: मंगलबहादुर थापा (८२ मत, चौथो स्थान)

गुल्मी, मुसीकोट नगरपालिका वडा नं. १

विजयी: कांग्रेसका आनन्द श्रेष्ठ (१,१८४ मत)
रास्वपाका उम्मेदवार: विकास थापा (४३ मत)

कपिलवस्तु, शुद्धोधन गाउँपालिका वडा नं. १

विजयी: एमालेका मोहम्मद ताहिर मुसलमान (१,१५० मत)
रास्वपाका उम्मेदवार: अवधेश कुमार चौधरी (९२ मत, छैटौं स्थान)

बर्दिया, ठाकुरबाबा नगरपालिका वडा नं. ४

विजयी: कांग्रेसका अमिन थारु (१,०४३ मत)
रास्वपाका उम्मेदवार: वासुदेव शर्मा (१७ मत, छैटौं स्थान)

दैलेख, दुल्लु नगरपालिका वडा नं. १३

विजयी: एमालेका लालबहादुर शाही (५७४ मत)
रास्वपाका उम्मेदवार: रामबहादुर शाही (५३ मत, चौथो स्थान)

दैलेख, महाबु गाउँपालिका अध्यक्ष

विजयी: एमालेका जंगबहादुर शाही (३,१२७ मत)
रास्वपाका उम्मेदवार: प्रकाश कुमार बुढा (११२ मत)

रोल्पा, रुन्टीगढी गाउँपालिका वडा नं. ४

विजयी: एमालेका भुपमणी पुन मगर (६४३ मत)
रास्वपाका उम्मेदवार: हिम बहादुर पुन (७ मत)

कालिकोट, तिलागुफा नगरपालिका वडा नं. ४

विजयी: नेमकिपाका खड्ग राज शाही (१४३ मत)
रास्वपाका उम्मेदवार: गगन बलमे (५ मत, छैटौं स्थान)

जाजरकोट, नलगाड नगरपालिका उपप्रमुख

विजयी: माओवादी केन्द्रकी देवका लामिछाने (४,२७२ मत)
रास्वपाका उम्मेदवार: पार्वती पुन (१७९ मत, चौथो स्थान)

डोटी, पुर्वीचौकी गाउँपालिका वडा नं. ६

विजयी: कांग्रेसका मोहन थापा (४६८ मत)
रास्वपाका उम्मेदवार: जानकी कुमारी खड्का कुँवर (३१ मत, तेस्रो स्थान)

कञ्चनपुर, भिमदत्त नगरपालिका वडा नं. ६

विजयी: कांग्रेसका प्रकाश चन्द (१,१०७ मत)
रास्वपाका उम्मेदवार: रामदत्त भट्ट (२१८ मत, पाँचौं स्थान)

उदयपुर, बेलका नगरपालिका वडा नं ९

विजयी: माओवादीका भरत घिमिरे (५५९ मत)
रास्वपाका उम्मेदवार: तेज मान विश्‍वकर्मा (१२३ मत, चौथो स्थान)

हुम्ला, सर्केगाड गापा उपाध्यक्ष

विजयी: माओवादीका देवकी तिमल्सीना (१६३७ मत)
रास्वपाका उम्मेदवार: बाँचा बुढा (२५ मत, पाँचौ स्थान)

दोलखा, गौरीशंकर गापा, उपाध्यक्ष

विजयी: एमालेका उमा लुङ्गेली मगर शेर्पा (२८०५ मत)
रास्वपाका उम्मेदवार: गोमा श्रेष्ठ (१००, पाँचौ स्थान)

Publish on: