माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा « Eglish Khabarhub

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा



काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ ।

मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर पुस २८ गते हुने साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।

Publish on: