१ पुस २०८२, मंगलबार

प्राइम बैंकका यी हुन् ठूला सेयरधनी, पूर्वराज्यमन्त्रीदेखि सेबोन अध्यक्ष श्रेष्ठसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम बैंकको ठूला सेयरधनीमा कांग्रेस कोषाध्यक्षसमेत रहेका पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, सांसद बिक्रम पाण्डेदेखि धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसम्मको रहेको छ ।

बैंकको ठूला सेयरधनीमा पूर्वराज्यमन्त्री श्रेष्ठसहित १८ जना रहेका छन् । श्रेष्ठसँग बैंकको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात १९ लाख ९६ हजार २४८ कित्ता, सांसद बिक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा शैलजा बज्राचार्य ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहरदास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता, स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ ।

यस्तै महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरन्जीवी देवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता रहेको छ ।