
काठमाडौं । भारतको स्टेट बैंक अफ स्टेट (एसबीआई) ले नेपाल एसबीआई बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत पठाएको छ। नेपाल एसबीआई बैंक र भारतको एसबीआईबीचको प्राविधिक सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबीआईमा नयाँ सीईओ खटाएको हो ।
एसबीआईको अनुरोध अनुसार दीपककुमार देले आगामी माघ १ सम्म बैंकको सीईओ पद सम्हाल्नेछन् ।
त्यसपछि रामकुमार तिवारी बैंकको प्रबन्ध सञ्चालक तथा सीईओ बन्नेछन् । एसबीआईको अनुरोधनमा नेपाल एसबीआईको सञ्चालक समितिको वैठकले माघ २ गतेदेखि कार्यभार सम्हाल्ने गरी सीईओमा नियुक्त गरेको छ ।
एसबीआईले नै खटाएको व्यक्ति नेपाल एसबीआईमा सीईओ हुने गरेका छन् ।
नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार देको कार्यकाल गत भदौमा ६ महिनाका लागि थपिएको थियो ।
सीईओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि समाप्त हुने थियो तर भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिपश्चात अर्थात् असोज १ गतेदेखि लागू हुनेगरी थप छ महिनाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।
SHARE YOUR THOUGHTS