मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टुँडिखेलमा एक पुरुष मृत फेला


काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत फेला परेका छन् ।

बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मृतक मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन् ।

शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ। उक्त हातमुनि रगत देखिएको एसपी अधिकारीले बताए ।

प्रहरीले शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।